काठमाडौं, ४ असार–स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ।

संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने भएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले आवश्यक कर्मचारी खटाउन पनि नसक्ने र स्थानीय तह आफैंलाई कर्मचारी भर्ना गर्न पनि नदिँदा कर्मचारी अभाव लम्बिने भएको बताइएको छ ।

कर्मचारी समायोजन, ऐनहरु निर्माण तथा प्रादेशिक लोकसेवा आयोग गठन गरेर कर्मचारी पूर्ति गर्दासम्म कम्तीमा एक वर्ष समय लाग्ने अनुमान छ।  आजकोनयाँ पत्रिका दैनिकले खबर छापेको छ ।