भद्रपुर । हिजो झापा लगायत पूर्वी नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ । छिमेकी राष्ट्र भारतको सिक्किममा नेपाली समय अनुसार ८ बजेर ५२ मिनेटमा ४ दशमलव ७ म्याग्निच्युडको भुकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

उत्तरमा २७ दशमलव ५ डिग्री र पूर्वमा ८८ दशमलव ४ डिग्रीमा रहेर इपिसेन्टरको गहिरो २८ किलोमिटर रहेको जनाइएको छ । भुकम्पले पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङमा महसुस गरिएको बताइएको छ । साथै भारतको सिक्किमसहित दार्जिलिङ जिल्लामा समेत धक्का महसुस गरिएको छ । भुकम्पले हल्लाएपछि महसुस गरिएको क्षेत्रमा त्रास फैलिएको छ ।