राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभाका सदस्यको पदावधिका लागि सोमबार भएको गोलाप्रथामा उनलाई ६ वर्षको चिठ्ठा परेकाे हाे ।
उपाध्यक्ष शशिकला दाहाललाई भने ४ वर्षको चिठ्ठा परेको छ । संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ । उनीहरूको पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ ।
राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो ।
सदस्यको पदावधिका लागि अहिले संसद भवन नयाँ बानेश्वरमा गोलाप्रथा चलिरहेको छ । प्रदेशगत रूपमा विजयी भएका ५६ र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यको पदावधिका लागि गोलाप्रथा भएको हो ।










