राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा सोमबार टुङ्गो लगाएको हो ।
गोलाप्रथामा १९ सांसदको कार्यकाल २ बर्षमा सिमित भएको छ । बाँकी ४० जनाको क्रमसः ४ र ६ बर्ष कायम भएको छ । २ बर्षे कार्यकाल तय भएकामा नेकपाका नौ जना, काँग्रेसका ७ जना, राजपाका २ र फोरमका १ जना सांसद छन् ।
सत्तारुण नेकपाका हरिचण शिवाकोटी, बलराम बाँस्कोटा, कालीबहादुर मल्ल, कमला ओली, मिना बुढा, युटल लामा, खेमराज नेपाली, राजकुमार कुँवर, र डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षको मात्रै हुने भएको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल काँग्रेसका सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, बद्री पाण्डे, सरीता प्रसाईँ, मुक्त कुमारी यादव, धनकुमारी खतिवडा, बृन्दा राना मगर, राष्ट्रिय जनता पार्टी नेपालका मेशप्रसाद यादव, र ब्रिषेशचन्द्र लाल तथा संघीय समाजवादी फोरमका रामपृत पासवानको कार्यकाल पनि दुई वर्षको मात्र हुने भएको छ । दैनिक नेपाल बाट साभार










