श्रीमानले जबरजस्ती करणी गरेको भन्दै बर्दियामा श्रीमतीले श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेकी छिन्।कानुनले श्रीमानविरुद्ध करणीको उजुरी गर्न पाउने अधिकार सुनिश्चित भएसँगै एक ४८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय बर्दियामा मुद्दा दर्ता गरेकी हुन् । श्रीमतीले दिएको उजुरीको आधारमा ५२ वर्षीय श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। उनले भने,आफ्नै श्रीमतीले प्रहरीमा उजुरी गरेपछि हामीले श्रीमानलाई पक्राउ गरेका हौँ।
-टि.भी अन्नपूर्ण बाट










