काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सोफामा सुतेको तस्वीर सार्वजनिक भएको छ ।
उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि एयरपोर्टको बिशेष कक्षभित्र सोफामा सीता दाहाल सुतिरहेको तस्वीर सार्वजनिक भएको हो । सीता सुतेको सोफाको अर्कोतर्फ प्रचण्ड उदास भावमा देखिन्छन्।
अध्यक्ष दाहाल उनकी पत्नी सीता र छोरी गंगा दाहालसंगै सिंगापुर प्रस्थान गरेको उनको सचिववालयले जनाएको छ । सो तस्वीर फेसबुमा शेयर गर्दै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले ‘शुभयात्रा’ लेखेका छन् । सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ ।
छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन् । उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ ।










