असार ४ । लामो समयदेखि अस्वस्थ रहेका एसियाकै चर्चित न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको सोमबार बेलुका निधन भएको छ ।

सोमबार बेलुका करीब ५.३५ बजे डा देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवकोटाको पार्थिब शरीरलाई अहिले न्युरो अस्पताल बाँसबारीमा राखिएको छ । उनको मंगलबार (भोलि) दिउँसो ३ बजे अन्तिम दाहासंस्कार गरिने परिवारले जनाएको छ ।

गएको मंसिरमा चुनाव प्रचारका क्रममा गृह जिल्ला गोरखामा रहेका डा देवकोटाको स्वास्थ्यमा अचानक समस्या आएपछि बेलायतको लण्डनमा करीब ६ महिना उपचार गराई उनी केही समय अघि नेपाल फर्किएका थिए ।

पत्तथैलीमा क्यान्सर भएका देबकोटाको लण्डनका किङ्स अस्पतालमा उपचार सम्भव नभएपछि उनी आफ्नै देश फर्किएका थिए ।