दमक/दमक जेसिजले झापाको दमकमा पहिलो जेसिज सामुदायिक तालिम केन्द्र बनाउने काम शुरु गरेको छ । यसका कूल लागत ४ करोडभन्दा बढि रहने बताईएको छ । दमक जेसिजको नेतृत्व र अगुवाइमा एउटा सानो र ठूलो दूइवटा तालिम हल बन्नेछन् ।
गगन पुरी लगायतका स्थानीय सामाजिक अगुवाहरुको पहलमा दमक ८ मा तीनकठ्ठा जमिन उपलब्ध गराएपछि यहि स्थानमा पर्खाल लगाउने काम शुरु भएको दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले बताए ।
खत्रीका अनुसार प्रारम्भिक चरणमा करिब १७ लाखको लागतमा पर्खाल बनाउने काम शुरु भइसकेको छ । वडाध्यक्ष पशुपति गौतम लगायको समेत यसमा सक्रीयता भूमिका रहेको बताइन्छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले ४ लाख रुपिया उपलब्ध गराउने भएपछि आफूहरु उत्साहित भएर तालिम केन्द्र निर्माणको शुरुवाती काममा लागेको पनि खत्रीले जानकारी दिए ।
नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीका अनुसार यो दमकका लागि एउटा गौरव भएको बताए । जेसिजले युवाहरुलाइ नेतृत्व र ब्याक्तित्व विकासमा सहयोग गर्दै आएको जनाउदै सामुदायिक तालिम केन्द्र निर्माण अत्यन्त सकारत्मक भउको उनको भनाइ छ ।










