पाँच दिने भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन्। चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोलीसहित प्रधानमन्त्री हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीसँगै गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणटोलीमा सामेल छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षा मन्त्री ईश्वर पोखरेललगायतको उपस्थिती रहेको थियो।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ तथा समकक्षी लि खछयाङसँग छुट्टाछ्ट्टै भेट गर्ने कार्यक्रम तय भएकोे छ। सो क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग पनि ओलीले भेट्नेछन्।