४ असार– कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मत दिएको भन्दै कार्यकर्ता र मतदाताप्रति खनिएका छन् ।

नेपाल दलित संघले सोमबार भरतपुरमा गरेको कार्यक्रममा काँग्रेस कार्यकर्ताले भोट दिएका कारण् प्रचण्ड निर्वाचित भएको जिकिर गरे । प्रचण्डलाई मत दिनेलाई कारबाही गरिने उनको भनाइ थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई भोट दिन आग्रह गर्दा नदिनेहरुले नै संघीय निर्वाचनमा प्रचण्डलाई भोट दिएको भदै देउवाले आक्रोश पोखे । ‘स्थानीय निर्वाचनमा रेणुलाई भोट दिन भनेको थिएँ, त्यतिबेला नदिने ।

तर, संघीय निर्वाचनमा प्रचण्डलाई भोट दिनु हुन्न भन्दा किन दिएको ?’, उनले प्रश्न गरे । भरतपुर महानगरको निर्वाचनमा काँग्रेस र तत्कालिन माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । देउवाले रेणुका लागि भोट माग्दा पार्टीभित्रकै मानिसले आफूविरुद्ध कालोझण्डा देखाएको तर, पछि उनीहरुले नै प्रचण्डलाई मत दिएको आरोप लगाए ।

संघीय निर्वाचनमा चितवन–२ मा काँग्रेसले निर्माण व्यवसायीसमेत रहेका राप्रपाका विक्रम पाण्डेलाई समर्थन गरेको थियो । पाण्डे प्रचण्डसँग पराजित भएका थिए ।

देउवाले निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी सबैले लनुपर्ने बताए । संस्थागत निर्णयका आधारमा टकट वितरण गरिएको र निर्वाचनमा पराजय भएकाहरुले नै आफ्नो आलोचना गरेको भन्दै उनले तीव्र असन्तोष प्रकट गरे । कम्युनिष्टहरु मिलेर चुनाव लडेका बेला काँग्रेसम एकता हुन नसकेकाले निर्वाचनमा पराजय भएको उनको तर्क थियो ।