शालु गौतम अहिलेकी चर्चित गायिका हुन् । केही गीतमा स्वर दिएकी शालु गौतम स्टेजमा पनि राम्रो प्रभाव पार्ने गायिकाको रुपमा साथै बेल्ली डान्सर भनेर पनि चिनिन्छिन् । घुम्नमा रुची राख्ने शालु गौतम सँग सवालनेपाल ले गरेको मर्निङ टकः
बिहान कति बजे उठ्नुहुन्छ ?
उठ्ने टाईम काम अनुसार हुन्छ, बिहानै काम छ भने छिटो उठ्छु नत्र ८:३० मा मात्र उठ्छु।
उठेपछि के गर्नुहुन्छ ?
उठ्ने बित्तिकै एक गिलास तातो पानी पिउछु अनी ब्ल्याक कफी, अनी फ्रेश हुन्छु।
आज के गर्दै हुनुहुन्छ ?
नयाँ गीत लेख्दै छु।
खाना बनाउन आउछ कि आउदैन ?
आउछ नि किन नाउनु तर टेस्टी हैन हेल्थी खाना बनाउन आउछ।
फेसबुक कत्तिको चलाउनुहुन्छ ?
फेशबूक धेरै चलाईरख्या हुन्छु।
अहिलेसम्म कतिलाई ब्लक गर्नु भयो ?
कती लाई गरे याद नै छैन।
फुर्सदमा के गर्नुहुन्छ ?
घर बस्न मन पर्छ। त्यसैले घर नै बस्छु।
तपाईलाई मिठो लाग्ने कुरा के हो ?
मलाई हरियो भेजेटेबल्स हरु धेरै मन पर्छ अनी कफी चाँही धेरै।
सपना कत्तिको देख्नुहुन्छ ?
सपना कहिले काही देख्छु।
आज सबै भन्दा धेरै कस्लाई सम्झनु हुन्छ ?
आज मात्रा होइन म सधैं जसो मेरो एउटा प्रिय मान्छे हुनुहुन्छ उहालैइ नै धेरौ सम्झिरहेको हुन्छु। 



