सिमराबाट काठमाडौंका लागि सोमबार विहान १० बजे उड्ने नेपाल बायुसेवा निगमको विमान एक घण्टा ढिलो उड्यो । सो विमान ढिलो उड्नुको कारण थियो, निगमका एक कर्मचारीलाई काठमाडौं जानुपर्ने भएकाले । १७ सिट भएको सो विमानमा पहिला नै सबै टिकट विक्रि भईसकेको रहेछ । सवै यात्रु आ—आफ्नो सिटमा आएर बसिसकेका थिए ।

जसमध्ये करिव चार पाच जना बच्चा समेत थियो जो टिकट नै काटेर सिटमा बसेका थिए । अब केबल बाकी थियो त विमान उड्न मात्र । त्यत्तिकैमा बायुसेवा निगमकी एक कर्मचारी विमान भित्र पस्छिन् र यात्रुलाई एक सिट खाली गराउन दवाव दिन्छिन् । उनलाई परिचारिकाले समेत सहयोग गर्छिन् । उनिहरुले पटक पटक यात्रुलाई एक सिट खाली गराईदिन भन्छिन् । सिटमा रहेका कुनै पनि एक बच्चालाई काखमा राख्न उनका अभिभावकलाई दवाव दिन थाल्छिन् । तर, अभिभावकले आफुहरुलाई अप्ठेरो हुने बताउदै त्यसैका लागि त टिकट काटेर सिटमा बसाएको जवाफ दिन्छन् । त्यसको खास कारण रहेछ, विमानका एक इन्जिनियरलाई काठमाडौं जानुपर्ने रहेछ र उनिहरु जसरी पनि एक सिट खाली गराउन लागि परेका रहेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ति कर्मचारीले सिट खाली गराउन नसकेपछि काठमाडौं जानैपर्ने बताउदै इन्जिनियर नै सिट खाली गराउन आउछन् । उनले पनि नसकेपछि विमानका पाइलट पनि आउछन् र एक जनालाई अफलोड गर्न निर्देशन दिन्छन् । त्यत्तिकैमा सबै यात्रुले निगमका कर्मचारीको विरोध गर्न थाल्छन्, ‘पहिला टिकट पुरा काट्ने अनि काखमा बस्न लगाउने, तिमीहरुको कर्मचारी लैजान सिटमा बसिसकेको यात्रुलाई अफलोड गराएर गाईजात्रा देखाउने’ भन्दै कराएपछि उनिहरु विमानबाट उत्रिन्छन् । यात्रुहरुले निगमले यसरी पटक पटक यात्रुलाई दुखदिदा निगमकै पहिचानमा धक्का लागेको बताएका छन् । यात्रुको चर्को दवाव थेग्न नसकि एक घण्टा ढिलो सो विमान कर्मचारीलाई त्यही छाडेर काठमाडौंका लागि उड्छ ।

भिडियो स्रोत :- दमन बस्नेत

समाचार श्रोत: जनता टाइम्स डट कम बाट