गौरादह/झापाको गौरादह नगरपालीका वडा नम्बर १ ले मंगलवार आफूले काम गर्दा भएका कमजोरीहरु सुन्ने आँट गरेको छ । नयाँ योजनाहरुका लागि सुझाव संकलन सहित सार्वजनिक सूनुवाइको माध्यमबाट आफूहरुको कामको विषयमा जनधारणा बुझेको पाईएको हो ।

वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रममा वडावासीहरुले वडाध्यक्ष नगेन्द्र भण्डारीलाइ प्रश्न राखेका थिए भने संगसंगै सुझाव समेत दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला समन्वय समिति झापाका सदस्य चन्द्र सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा कार्यालय र नगरपालीका बाट वडामा सञ्चालीत कार्यक्रम तथा योजनाको विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानिय रमेश शाह, केशव सञ्जेल, डण्डीराज घिमिरे, लगायतले सुझाव तया जिज्ञासा राखेका थिए । वडाध्यक्ष भण्डारीले त्यसको जवाफ दिएका थिए ।

वडा सदस्य देवी मायाँ श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण वडा सदस्य कोमलप्रसद ढुंगानाले गरेका थिए ।

आफ्ना गुनासा र जनताको सुझाव लिने आँट गरेको भन्दै वडा कार्यालयप्रति सहभागिहरुले खुसि प्रकट गरेका थिए । काम गर्ने क्रममा कमजोरीहरु भएको स्वीकार गर्दै आउदा दिनमा ब्यवस्थित रुपमा जन अपेक्षा अनुसार अघि बढ्ने समेत जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाए ।

https://youtu.be/tlnVReDGoZE