वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा पूर्वराजा ज्ञानेन्द्रले दुःख प्रकट गरेका छन्। देवकाटा परिवारलाई एक समवेदता पत्र लेख्दै शाहले दुःख प्रकट गरेका हुन्। शाहले तत्कालिन दरबारका सचिव पशुपतिभक्त महर्जनमार्फत देवकोटाकी पत्नीलाई समवेदना पठाएको शाहका स्वकिय सचिव फणिन्द्र पाठकले बताए। शाहले देवकोटाप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।











