स्ट्राइकर मोहमम्द सालाहले आफ्नो २६ औ जन्म दिन मनाएका छन् । जन्मदिनसँगै सालाहले चेचेन केक र विश्वकपअन्तर्गत इजिप्टको अर्को खेल खेल्ने बताएका छन् । इजिप्सियन फुटबल संघले सालाहको फिटनेसबारे थप नबताए पनि चेचेन्या क्षेत्रस्थित ग्रोज्नीमा रहेको इजिप्टको आधार सिविरमा उनले शनिबार टिमसँग पूरा समय अभ्यास गरेको बताएको छ।

च्याम्पियन्स लिग फाइनल दौरान गत महिना बायाँ कुममा चोट लागेपछि विश्वकपमा सालाहको उपस्थिति दुबिधामा परेको थियो। त्यही चोटका कारण लिभरपुलका स्ट्राइकर उरुग्वेसँग १–० को नतिजामा पराजित भएको समूह चरणको पहिलो खेलमा अनुपस्थित थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चोटग्रस्त सालाहले जन्मदिनको दिन बेन्चमा बसेर उरुग्वेविरुद्धको खेल हेर्दा आफ्नो टिमको प्रदर्शनमा असन्तुष्टि जनाइरहेका थिए। इजिप्ट फुटबलका प्रमुख कार्यकारी अधिकृत इहाब लेहेटाले असन्तुष्ट सालाहको स्वास्थ्य अवस्थामा सुधार भएको बताए। उनले भने, ‘उरुग्वेविरुद्धको खेलमा उनी निकै असन्तुष्ट थिए। आफूले खेल्ने मौका पाएको भए टोलीलाई हारबाट जोगाउने उनको अपेक्षा थियो।’