एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह एच को खेलमा सेनेगलले पोल्यान्डलाई पराजित गरेको छ । पोल्यान्डमाथि सेनेगलले २–१ गोलको जित निकालेको हो ।
पोल्यान्डले एक गोल आत्मघाती गरेपछि सेनेगलले जित हात पारेको हो । खेलको ३७ औं मिनेटमा सेनेगलले उपाहार स्वरुप १ गोल पाएको थियो । पोल्यान्डका थिएगो सिओनेकले आत्मघाती गोल गरेका थिए ।
सेनेगलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा सेनेगलले एक गोल गर्दा पोल्यान्डले पनि एक गोल फर्काउन सक्यो तर सेनेगललाई रोक्न भने सकेन । खेलको ६० औं मिनेटमा बेय निएङले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाएका थिए ।
पोल्यान्डले एकपछि अर्को आक्रमक खेल खेलेपनि गोल गर्न भने सकेको थिएन तर खेलको ८६औं मिनेटमा पोल्यान्डले गोल गर्दै २–१ गोलको स्थितिमा पु¥याएको थियो । तर सेनेगललाई रोक्न भने सकेन ।
सेनेगलले पोल्यान्डलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।



