– प्राचीन समयमा चीन र दक्षिण एसिया जोड्ने आर्थिक हब थियो नेपाल
नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले प्राचीन समयमा दक्षिण एसियासँग चीनलाई जोड्ने आर्थिक हब नेपाल भएको बताए । ‘प्राचीन सिल्करोडको अंगका रूपमा नेपालले दक्षिण एसिया र चीन जोड्ने भूमिका खेलेको थियो । अब त्यो दुवै देशको हितका लागि ब्युँताउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
-बेल्ट एन्ड रोडअन्तर्गत चीनसँग विकासमा साझेदार बन्न तयार प्रधानमन्त्री ओलीले अघिल्लो चीन भ्रमणमा पारवहन, सूचना तथा व्यापारमा महत्वपूर्ण सम्झौता गरेको स्मरण गर्दै बेल्ट एन्ड रोडअन्तर्गत चीनसँग विकासमा साझेदार बन्न सहमत भएको बताए । त्यस्ता सहमति र सम्झौताले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम खोलेको उनको धारणा थियो ।
नेपाल र चीन अप्ठ्यारोमा सधैँ एक–अर्काको सहयोगी नेपाल र चाइना अप्ठ्यारो समयमा सधैँ एक–अर्काको सहयोगी बन्दै आएको र साझा विकास र दीर्घकालीन शान्तिको लागि सहकार्य गर्नुपर्ने ओलीले बताए । उनले चीनसँग नेपालको यातायात, पर्यटन, लगानीजस्ता क्षेत्रमा महत्वपूर्ण सहकार्य हुन सक्ने बताए । ओलीले यातायात विकासलाई उच्च प्राथमिकता दिएको र आफ्नो सरकार अन्तरदेशीय रेल सञ्जाल बनाउन प्रतिबद्ध रहेको जनाए । ‘चीनसँगको सम्पर्क सञ्जालले नेपाललाई ग्लोबल तहमा पु¥याउनेछ । त्यसले नेपालमा पर्यटन विकासमा ठूलो योगदान हुने र नेपालले त्यसबाट फाइदा लिन सक्छ,’ प्रधानमन्त्रीले भने ।
नेपालमा लगानी गर्न चिनियाँ पक्षलाई आह्वान नेपालमा प्रविधिमार्फत कृषि र उद्योगको विकासले युवालाई रोजगार सिर्जना हुने भन्दै उनले यसका लागि चीनसँग सहकार्य हुन सक्ने बताए । नेपालमा भएका जडीबुटी र हाइड्रोमा लगानी गर्न पनि चिनियाँ पक्षलाई आह्वान गरे । ‘नेपालमा सबै तहको निर्वाचन भएर अब स्थिरतातर्फ गएको र सामाजिक, आर्थिक विकासका लागि नयाँ यात्रामा लागेकाले तपाईंहरूलाई लगानी गर्न हार्दिक आमन्त्रण गर्छु,’ प्रधानमन्त्रीले भने । नयाँ पत्रीका बाट










