दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ का धर्मेन्द्र शाहले करीब ६ बर्ष अघि प्रेम विवाह गरेकी विर्तामोड बस्ने आफ्नै पत्नी रञ्जीता शाहबाट पीडित भएको गुनासो गरेका छन् । धर्मेन्द्रले मंगलबार दमकमा पत्रकार सम्मेलन गरि रञ्जिता आफनै श्रीमति भएको र दुई छोरा समेत आफ्नै भएको स्वीकार गर्दै रञ्जिता र उनको माइती पक्षबाट आफू बारम्बार पीडित हुनुपरेको गुनासो गरे ।

विर्तामोडमा आफू प्राइभेट सेक्टरमा जागिर गर्दै गरेको अवस्थामा करीब १२ बर्ष अघि रञ्जिता र आफूबिच प्रेम सम्बन्ध जोडिएको र रञ्जिताले बारम्बार आफूसंग विवाह गर्न नपाएको निहुँमा आत्महत्या गर्ने सम्मको धम्की दिएपछि ६ बर्ष अघि भागी विवाह गरेको उनले खुलासा गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विवाह अघिदेखिनै रञ्जिताका बाबु नथुनी शाहले बारम्बार आफूहरुबिचको सम्बन्धलाई भत्काउने प्रयास गरेको तर रञ्जिता र आफू बिचको समझदारीकै कारण सफल प्रेमका रुपमा स्थापित भएपनि हाल आएर पुन आफ्ना ससुराली पक्ष र श्रीमति स्वयम्ले आफूमाथि चरित्र हत्या गर्ने, आफ्नो सम्पत्तिमाथि आँखा गाड्ने, आफूलाई अपहरण र ज्यान मार्ने सम्मको घट्ना गराउन उद्धत रहेको धर्मेन्द्रले गुनासो गरे । 

उनले भने– मैंले सामाजिक अभियान्ताको रुपमा धेरै महिला, बालबालिकाहरुमाथि न्यायपूर्ण काम गरें अहिले आएर मेरा ससुराली र श्रीमतिले मलाइनै बेइजजत गर्ने र भए नभएका आधारहिन आरोप थुपरेर म माथि अन्याय गरिरहेका छन् । 

उनले केहि मिडिया समेतले घट्नाको वास्तविकता नबुझि आफू माथि एकोहोरो प्रहार गरिरहेको भन्दै त्यस किसिमका गलत सूचना सामग्रीबाट आफू पीडित भएको बताए । उनले आफू र आफ्नो श्रीमतिका बिचमा अदालतमा चलिरहेको मुद्धामा आफू अदालत र सामाजिक सम्पर्कमा रहिरहेकै अवस्थामा विभिन्न सञ्चार माध्यमहरुले अदालतको समेत अपहेलना हुने गरि सो बिषयमा सामग्री प्रशारण प्रकाशन गरेको पनि टिप्पणी गरे ।

उनले आफू आफ्नी पत्नी र दुई सन्तानका बिषयमा जिम्मेवार हुँदा हुँदै आफूमाथि श्रीमतिले दुई बर्षदेखि माइतीघरमै बसेर अनेकौं लाञ्छना लगाउने, मिडियामा यथार्थ भन्दा बाहिर चर्चा परिचर्चा गराउने खेलमा लागेर आफ्नो चरित्र हत्या गर्ने गरिका क्रियाकलाप गरेको पनि आरोप लगाए ।

श्रीमतिले आफूसंग बस्न पनि नमानेको, डिभोर्स पनि नमानेको तर सम्पत्तीमाथि मात्रै आँखा लगाउने र आफ्नो चरित्र हत्या गर्ने खेल गर्दै दैनिक एक हजार रुपैयाँ मानो चामल वापत माग राख्दै अदालतमा मुद्धा दायर गरेको घट्नाले आफू अत्यन्तै दुखित बनेको उनले दुखेसो पोखे ।