सप्तरीः हेटौँडाबाट एक्साभेटर बोकेर बिराटनगरतर्फ जाँदै गरेको ट्रक सप्तकोशी नदीमा पल्टिएको छ । एक्साभेटरसहितको ट्रक सुनसरी–सप्तरीस्थित कोसी व्यारेजको पुलबाट दक्षिणतर्फको भंगालेमा पल्टिँदा दुईजनाको ज्यान गएको छ भने सातजना घाइते भएका छन् ।

कोशी ब्यारेज प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक अनियन्त्रित भइ पल्टिँदा ट्रकमा लोड गरिएका स्काभेटरले किचेर कोशी ब्यारेजमा काम गरिरहेका दुई मजदुरको ज्यान गएको हो । यो घटनामा ७ जना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी मुकेशकुमार सिंका अनुसार एक्साभेटरले किचेर २ को मृत्यु भएको छ भने सातको जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा र बिराटनगर पठाइएको छ ।