मस्को, ६, साउन – विश्वकपको सातौं दिन बुधार तीन खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को, दोस्रो उरुग्वे र साउदी अरव, तेस्रो स्पेन र इरान बीच खेलिनेछ । इरानको टिम ग्रुप बीमा शिर्ष स्थानमा छ । आज हुने दोस्रो खेलमा स्पेनलाई हराउन सक्यो भने उस्सको राउण्ड १६ मा पुग्ने संभावना बढि नै हुनेछ । इरानले आफ्नो पहिलो खेलमा मोरक्कोलाई हराएको थियो ।
आज सबैको नजर पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डो तिरै पर्नेछ । उनले यसभन्दा अघि स्पेनसँगको खेलमा हेट्रिक गोल गरेका थिए । त्यो पनि संसारका सबैभन्दा राम्रा गोलकिपर मानिएका डेविट डि गियासँग । रोनाल्डो अहिलेसम्म चार अलग–अलग विश्वकपमा सर्वाधिक गोल गरेका संसारकै चौथो खेलाडी हुन् । आजकै खेलमा उरुग्वेका लुईस सुआरेज पनि मैदानमा उत्रिदैछन् । उनले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा १ सयभन्दा बढि खेल खेलिसकेका छन् । त्यसोत आज हुने तेस्रो खेल पनि सबैको चासोको विषय बन्ने छ । किनकि तेस्रो खेलमा स्पेनका खेलाडीहरु छिटोछिटो पास गर्नमा माहिर मानिन्छन् ।
पोर्चुगल/मोरक्को साँझ ५ः४५
उरुग्वे र साउदी अरेबिया राती ८ः४५ बजे
इरान/स्पेन राती ११ः४५ बजे
मोरक्कोलाई हराएर राउण्ड १६ को यात्रा सहज बनाउन चाहन्छ पोर्चुगल :
फ्रान्समा भएको यूरो कप २०१६ को विजेता पोर्चुगल विश्वकपको पहिलो खेलमा स्पेनसँग भने बराबरीमा चित्त बुझाउन बाध्य भयो । फुटबलका जानकारहरु अलिेपनि उस्लाई विश्वकपको दाबेदार मानन तयार छैनन्। किनकी, पोर्चुगोलको पुरै टिम रोनाल्डोमा निर्भर हुनु यस्को प्रमुख कारण रहेको जानाकारहरु बताउँछन् । स्पेनले ३ गोल गरेर उस्को डिफेन्सलाई तोड्दिएको थियो । रोनाल्डोको अलवा टिममा अन्य अरु खेलाडी गोल गर्न सक्ने सार्मथ्य राख्न सक्ने अवस्थामा अहिलेसम्म देखिएका छैनन् । पोर्चुगल अझै पनि मोरक्कोलाई हराएर अन्तिम १६ मा आफ्नो जग बसाल्ने कोशिसमा भने पक्कै हुनेछ । यी दुबै टिम विश्वकपमा दोस्रो पटक एक अर्को विरुद्घ भिड्दैछन् । योभन्दा पहिला १९८६ मा भएको खेलमा मोरक्कोले पुर्चगललाई ३–१ को अन्तरले हराएको थियो ।
उरुग्वेल गर्नेछ साउदी अरबको सामना
उरुग्वेका स्टार स्ट्राइकर लुईस सुआरेज आफ्नो देशका लागि आज एक सय खेलको लागि मैदानमा उत्रनेछन् । इजिप्ट विरुद्घ भएको पहिलो खेलमा सआरेजले दुई तीन प्रयास गरेका थिए, तर उन्का ती राम्रा प्रयाशहरु भने विफल भएका थिए । उनी आज आफ्नो टिमलाई जिताएर राउंड १६ को यात्रा सहज बनाउन चाहान्छन् । रुस विरुद्घ साउदी अरबको प्रर्दशनले मानिसहरु उरुग्वेका खेलाडी सुआरेजले उरुग्वेलाई जिताउन कुनै कठिन नभएको दावी गर्छन् । साउदी अरबको टिम १९९४ देखि ४ पटक विश्वकप खेलिसको टिम हो । तर, उस्ले कहिल्यै कुनै जित हाशिल गर्न भने पाएको छैन । यदी यो खेलमा पनि उस्ले हार्यो भने उस्का खेलाडीहरु परिसान हुन सक्छन् । साउदी अरबका फुटबल महासंघका अध्यक्ष अदेल इज्जातले रुसको खेलमा भएको हारलाई लिएर केही खेलाडीलाई अनुसन्धानात्मक कार्वाहीको आदेश दिइसकेका छन् । त्यसैले साउदी अरबका खेलाडी यो खेल जितेर आफ्नो गुमेको साख जोगाउन चाहान्छन् ।
इरानले गर्नेछ स्पेनका रोमोसको सामनाः
आफ्नो पहिलो खेलमा जीत हाशिल गरेको इरानका टिम आज २०१० को विश्वकप विजेता स्पेनसँग भिड्दैछ । स्पेनका कप्तान सर्जियो रेमास संसारका उत्कृष्ट डिफेंडर मानिन्छन् । उनको टिमले पहिलो खेलमा पुर्चगलसँग भिडेको थियो । उक्त खेल ३–३ को बराबरीमा टुग्गिएको थियो । पोर्चुगलको विरुद्घ खेलको ८८ औ मिनेटसम्म २–१ ले अघि थियो । तर, रोनाल्डोको हेट्रिकले उस्को खेल यात्रा बराबरीमा टुङ्गीयो ।
आज हुने खेलमा कोच फर्नाडो हिएरोले केही फेरबदल गर्न सक्छन् । हिएरो योभन्दा अघि पनि पहिला नै केही चुकेका थिए । डेविट डि गियालाई गोल किपरको रुपमा उनी यसपाली पनि निरन्तरता दिनचाहान्छन्् । इरानको टिमको यस अघिको जित भने भाग्यले मिलेको थियो । मोरक्कोका अर्जिज बोउहादोउजले आत्मघाती गोल गरेकै कारण इरानले म्याच जितेको थियो । मोरक्कोसँगको जितकै कारण इरानको आत्मविश्वास धेरै बढेको छ । उ यही आत्मविश्वासका साथ स्पेनको विरुद्घ आज मैदानमा भिड्नेछ ।



