६ असार । ब्रिटिस सरकारले गोर्खा सैनिकको कोटा बढाउनेबारे योजना बनिरहेको जनाएको छ । ब्रिटिस गोर्खा सैनिकको संख्या ५० हजार पुर्याउन सकिने नेपालका लागि वेलायती राजदूत रिचार्ड मोरिसले बताएका छन् ।
त्यसका लागि दुई देशबीच साझेदारीको आवश्यकता रहनु पर्ने उनले बताएका छन् । त्यस्तै मन्त्री यादवले उक्त भेटमा नेपालमा वैदेशिक लगानीको वातावरण बनेको राजदूत मोरिसलाई जानकारी गराए थिए ।
सोही अवसरमा उनले नेपालमा रहेको बेरोजगारी समस्याको समाधानका लागि सीपमूलक तालिम सञ्चालनमा सहयोग पुर्याउन समेत राजदूतलाई अनुरोध गरेका छन् ।










