काठमाडौं- न्युरो अस्पतालको नाममा परिचित बाँसबारीस्थित नेसनल इन्स्टिच्‍युट अफ मेडिकल एन्ड एलाइड साइन्‍सको नाम परिवर्तन भएको छ।

अस्पतालका संस्थापक वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनपछि अस्पतालको नामको अगाडि उनको नाम थपिएको हो। डा देवकोटाको सपनाको अस्पताल भएका कारण अस्पतालको नामको अगाडि उनको नाम थप्ने निर्णय भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालको बोर्डले अबदेखि उक्त अस्पतालको नाम 'उपेन्द्र देवकोटा नेसनल मेमोरियल इन्स्टिच्‍युट अफ न्‍युरोलोजिकल एन्ड एलाइड साइन्‍सेज' राख्‍ने निर्णय गरेको हो। उक्त नाम कम्‍पनी रजिष्ट्रारको कार्यालयबाट स्विकृति समेत लिइसकिएको छ।

डा देवकोटाले उक्त अस्पताल सन् २००६ अप्रिल १३ मा स्थापना गरेका हुन्। डा देवकोटाले नेपालमा न्युरो उपचार गर्ने छुट्टै विशिष्टीकृत अस्पताल हुनुपर्छ भन्दै उक्त अस्पताल स्थापना गरेका हुन्। डा देवकोटाको सपना अनुसार नै अस्पताल स्थापना भएकाले अस्पतालको नामको अगाडि उनको नाम राख्ने निर्णय अस्पताल बोर्डले गरेको हो।