काठमाडौं । रुसमा भइरहेको २१ औं संस्करणको विश्वकप फुटबलमा बिहिबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले हराएको थियो।

दोस्रो खेलमा राति ८ः४५ बजे समूह सी कै फ्रान्स र पेरू भिड्ने छन्। सो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। अघिल्लो चरणको यात्रा तय गर्न पेरूलाई यो खेल जित्नैपर्ने दबाब छ। फ्रान्स यो खेल जितेर राउन्ड अफ सिक्सटिनमा पुग्न चाहन्छ ।

त्यस्तै निज्नी नोभगोरोड रंगशालामा राति ११ः४५ मा अर्जेन्टिना र क्रोएसिया आमने सामने हुनेछन्। पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने क्रोएसियाले नाइजेरियालाई २–० ले हराएको थियो ।

पहिलो खेलमा बराबरी खेलेको अर्जेन्टिना दवावमा रहेको छ । बिहिबारको खेल जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेस्सीको फर्मलाई लिएर पनि चर्चा चल्न थालेको छ ।

मेस्सीले आइसल्याण्डविरुद्ध पेनाल्टी नै गर्न चुकेका थिए । थुप्रै फि–किक व्यर्थ गएका थिए । १० प्रहार सबै फितला भएका थिए । यो खेलमा पनि उनी चल्न सकेनन् भने उनको विश्व फुटबल खेलाडीको स्तरमा प्रश्नचिन्ह खडा हुनेछ ।

मेस्सीका प्रतिद्धन्द्धी क्रिष्टियानो रोनाल्डोले चार गोल गरिसकेको अवस्थामा मेस्सी थप दबाबमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah