बनियानी, झापा, ७ असार : प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक १५ वर्षभित्र समृद्ध बन्न सक्ने बताउनुभएको छ । झापा अर्जुनधारा नगरपालिकाको दोस्रो नगरसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबै एकजुट भएर लागे चाँडै समृद्धि हासिल गर्न सक्छ, त्यसका लागि १५ वर्षको समय काफी हुन्छ ।”

मुख्यमन्त्री राईले विकासको कार्यमा ढिला गर्न नहुने बताउँदै “विकासका गतिविधि सुस्त भयो भने संघीयता स्थायित्व हुन सक्दैन भन्नुभयो ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्र, राष्ट्रियता र समृद्धि वर्तमान सरकारकै पालामा सम्भव छ, उहाँले भन्नुभयो, “विकास हामीले गर्ने हो, बाहिरको कुनै पनि मानिस आएर हाम्रा लागि काम गरिदिँदैनन् ।”

मुख्यमन्त्री राईले जनप्रतिनिधिले प्रशस्त अधिकार पाएकाले त्यसको सदुपयोग गरेर अब जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बृख प्रधान र जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेललगायतले मुलुकको समृद्धिका लागि सबै लाग्नुपर्ने बताउनुभयो । (रासस)