सहबान अन्सारी

नवलपरासीको सरावल गाउँपालिका वडा न.३ मा दलित अधिकार तथा छुवाछूत सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भोजपुरी पत्रकार हकहित संरक्षण संस्थाको आयोजना तथा सरावल गाउपालिका वडा न.३ वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीका अध्यक्ष उमेश वि.क.को अध्यक्षता तथा सरावल गाउँपालिका वडा नं. ३ काे वडा अध्यक्ष अणेन्द्र रायको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. ३ काे वडा अध्यक्ष अणेन्द्र राय, वडा सदस्य असरफ खान ,अवधबिहारी चाैहान ,सुशीला हरिजन ,रेशमा बि.क लगायतहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा महिला पुरूष गरि ५५ जनालाई जितेन्द्र हरिजनले प्रक्षिक्षण दिएका थिएको कार्यक्रमको संचालक सन्दिप बि.क ले गर्नु भएको थियो ।