काठमाडौं । फुटबलका महान हस्ती डिएगो म्यारोडोना अर्जेन्टिनाको लज्जास्पद हारपछि रोएका छन् । गए राति भएको खेलमा क्रोएशियासँग अर्जेन्टिना ३–० गोलले पराजित भएपछि रोएका हुन् । अर्जेन्टिना हारपछि उनी प्रशिक्षकभन्दा बढी तनावमा देखिन्थे ।

भिआइपी कक्षबाट आफ्नो देश अर्जेन्टिना र क्रोएशियाको खेल हेरेका उनले खेल सुरु हुनुअघि लियोनल मेसीको जर्सी चुमेका थिए । उनी रोएको फुटेज टेलिभिजनबाट पनि प्रशारण भएको थियो । उनले यसअघिको खेलमा भने भनेका थिए, ‘यदी अर्जेन्टिना विश्वकपबाट बाहिरियो भने साम्पावली अर्जेन्टिना नफर्के पनि हुन्छ ।’ सन् १९८६ को विश्वकपमा म्याराडोनाले एक्लैले अर्जेन्टिनालाई विश्वकप दिलाका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

म्याराडोनाले दुई विश्वकै सर्वाधिक चर्चित गोल गरेका छन् । एक गोल यस्तो थियो, जसले झेल्लीको सीमा नाघेको थियो । अर्को गोल यस्तो थियो, जसको सुन्दरता बयान गर्न सायद शब्दहरू बनेका छैनन् । म्याराडोनाले पहिलो गोलका लागि आफ्नो हात प्रयोग गरेका थिए । उचाइ लिएको बललाई म्याराडोनाले हेड गरेजस्तो गरेर हातको मदतले पोस्टतर्फ धकेले । रेफ्रीले के भएको हो, देख्नै सकेनन् । गोल दिइहाले ।