मस्को । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् ।

ब्राजिल र कोष्टारिका
समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘इ’ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजिल स्विजरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो भने कोष्टारिका सर्बियासँग १-० ले पराजित भएको थियो।

नाइजेरीया र आइसल्याण्ड
आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह ‘डी’ का नाइजेरीया र आइसल्याण्ड भिड्नेछन्। सो खेल भोल्गोग्राड रंगशालामा हुनेछ। नाइजेरीया पहिलो खेलमा कोस्टारिकासँग २-० ले पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको थियो। अघिल्लो चरणको यात्रा तय गर्न आइसल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

सर्बिया र स्विजरल्याण्ड
त्यस्तै कालिनिन्गराड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा समुह ‘इ’ का सर्बिया र स्विजरल्याण्ड आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न स्विजरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah