काठमाडौँ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा रेष्टुरेन्ट व्यवसायी अकवर शाह पक्राउ परेका छन् ।

सञ्चार उद्यमी जमिम शाहका नाता पर्ने शाहलाई काठमाडौंबाट नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरीएको सुन तस्करी तथा सनम हत्या अनुसन्धान गर्न गठित समितिले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिईएको बताइएको छ ।

छिरिङसँगको साझेदारीमा पटक–पटक सुन तस्करी गर्दै आएका शाहलाई बिहीबार नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छानविन समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिएका छन् ।

न्युरोडस्थायी घर भएका अकवर नकवुल शाहका छोरा हुन् ।

अकबरले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेण्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समिति समक्ष बयान दिएका छन् ।

प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघि छिरीङसँग मिलेर अबैध सुनको कारोबार भने गरेको बयान दिएका छन् । राजेश भण्डारी/ रातो पाटि बाट साभार गरिएको