काठमाण्डु – मसिनो अनुहार । ट्रिम नगरिएको कैला दारी । निधार छुन आइपुग्ने कपाल । यो थियो अर्जेन्टिनाका क्याप्टेन लिओनल मेस्सीको भावभंगिमा । मेस्सीको अनुहारमा पहिलो खेलमा जस्तो चञ्चलता र स्फुर्ति थिएन । राष्ट्रिय गान गाउँदै गर्दा उनले धेरैपटक पुर्पुरोमा हात (समान्यतयाः पुर्पुरोमा हात लगाउनु शुभ मानिदैन नेपाली समाजमा) लाउँदै कपाल तानेका थिए । उनको अनुहारमा दुनियाँले खोजेको जस्तो कान्ति देखिदैन्थ्यो । खेलमैदानमा न उनि हाँस्न सक्थे न रिसाउन । पहिलो खेलपछि दिएको प्रतिक्रिया ‘म टुटेको छु’ जस्तै भइरहेका थिए । उनले खेल अवधिभर समर्थकलाई हौस्याउन ठाडो शिर पारेनन् । न हात हल्लाए ।

सायद, पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिनु र त्यो भन्दा पनि ठूलो त पेनाल्टी प्रहार गुमाउँदाको पिडा उनले झलझली सम्झिरहेका थिए होला । संसारभरका समर्थक, सञ्चारमाध्यमले उनको विश्लेषण गरिरहेका थिए । उनि भन्दा उनको पेनाल्टी रोक्ने आइसल्याण्डका गोलकिपर हेन्स हल्डर्सन रातारात चर्चामा आइरहेका थिए ।

उता विश्व फुटबल करियरमै एकाअर्काका प्रतिस्पर्धीका रुपमा लडिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफ्नो देशको खेलमा दुई गेम जिताइसकेका थिए । साथै अहिलेसम्म धेरै गोल गर्ने खेलाडीको सूचिमा अग्रपंक्तिमा पनि दरिइसकेका छन् ।
विश्वकपको खेल हुँदै गर्दा ‘पानामा पेपर्स–२’ सार्वजनिक भएको थियो । मेस्सीले कर छलेको विषय त्यसले खुलासा गरेको थियो । त्यस्ता घटनाले पनि मेस्सीलाई असर पारेको हुनसक्छ ।

फुटबल ‘टिम गेम’ हो। उनको ‘टिम स्पिरिट’ राम्रो देखिन्थ्यो । तर अर्जेन्टिनाले क्रोएसियालाई कमजोर टिम आँकलन गरेर खेलिरहेको भान हुन्थ्यो । गोलकिपरको गल्तीले अर्जेन्टिनाले गोल खायो । अघिपछि जस्तो मेस्सीको पछि चार–पाँच जना विपक्षी टिमका खेलाडीले घेरेको पनि देखिदैनथ्यो । उनले पाएको मौका पनि गुमाइरहेका थिए । उनिहरुमा हारको मानसिकता छर्लगैं देखिन्थ्यो । ‘फउल’ गर्न पनि माहिर देखिन्थे । दुईवटा पहेलो कार्ड भित्र्याएका थिए । क्रोएसियाका ढलिसकेका खेलाडीलाई लात्ती हानेर विवाद गर्न पनि पछि परेनन्, उनिहरु । उनिहरुमा हतास मानसिकता देखिन्थ्यो । थप समयको अन्तिम २० सेकेन्ड बाँकी रहँदासम्म पनि क्रोएसियाले आक्रमण गर्न छोडेन र खोल पनि ख्वायो । अन्ततः खेल ३–० भयो । यसबाट अर्जेन्टिना पहिलो चरणबाट माथि लाग्ने बाटोको संभावना लगभग टरेको छ ।

गेम सकिएपछि सामान्यतयाः दुई देशका खेलाडीबीच हारजित लाई छाडेर खुशी बाँड्ने चलन देखिन्छ । तर क्याप्टेन मेस्सी कसैको मुखमा नहेरी अर्थात् ठाडो शिर नै नपारी बाहिरिए । उनि ‘स्पोटर््सम्यानसिप’ प्रदर्शन गर्नबाट चुकेको विश्लेषकहरुले बताएका छन् । रंगशालामा अर्जेन्टाइन समर्थकहरु निराश देखिन्थे । म्याराडोना प्याराफिटमै बेलाबेलामा मुर्छा परिरहेका देखिन्थे । सबैको नजर मेस्सीको खुट्टामा थियो । तर उनले कुनै जादु चलाउन सकेनन् ।

त्यसो त २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनलमा नपुगेको पनि होइन ।

पाँचपटक फिफा ‘बालन डेओर’, २०१४ को विश्वकपमा ‘गोल्डेन बल’ लगायत १०० भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारले सुसज्जित छन्, मेस्सी । उनको करियर नै स्पेनिस क्लब बार्सिलोनाबाट सुरु भएको थियो । उनले बार्सिलोनालाई धेरैपटक उपाधि चुमाएका छन् । उनि क्लब गेमका लागि राम्रो खेल्नकौशल प्रदर्शन गर्न चुक्दैनन् । उनले खेल जीवनमा छ सय भन्दा बढि गोल हानेका छन् । तर यसपटकको विश्वकपमा उनको केहि सिप चलेको देखिदैन ।

सन् २०१६ मा फुटबल करियरबाट सन्यास घोषणा गरेका मेस्सी पुनः खेल जीवनमा फर्केका थिए । कतै २०१८ को विश्वकप नतिजाले सन्यास फिर्ता लिनु अर्को भूल भएको भन्दै पछुताउँदैनन्, मेस्सी ।

हेर्नुहोस सवाल नेपाल टि.भी. मा 

https://youtu.be/zkYHTW0TjU8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah