जेरुसेलम, ८ असार : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा असार ७ गते बिहीबार सजाय तोकिएको छ ।

छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले असार ७ गते बिहीबार जानकारी दिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुकाविरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन् ।

आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिहरुलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएको र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने बिषयमाथि गरिएको छानविनमा ५९ बर्षिय साराले जरिवानको सजाय पाएकी हुन् ।

उनी माथि घुस लिएको, झूट बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ ।  सारासँगै प्रधानमन्त्री कार्यालयका पूर्व उप महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको छ । (रासस/सिन्ह्वा)