कविता अधिकारी काठमाडौं, ८ असार – राजनीति र फुटबल उस्तै उस्तै खेल, जसले गोल गर्न सक्यो जित उसकै पोल्टामा । त्यसैले होला राजनीतिक खेलाडीहरु अरु खेलकुदभन्दा फुटवलमा विशेष चासो राख्छन् । अहिले रुसमा भइरहेको विश्वकप फुटवल सकेसम्म उनीहरुले हेर्छन, हेरिरहेका छन् ।
वल्र्डकपले यतिखेर संसारको ध्यान आकर्षित गरेको छ, नेपालको नगर्ने कुरै भएन । जेठ ३१ देखि असार ३० गतेसम्म एक महिना चल्ने विश्वकप फुटवलले सामाजिक सञ्जाल पनि त्यतिकै रंगीन बनेका छन् । दिनभरी राजनीतिक कार्यक्रम र कार्यकर्ता भेटघाटमा व्यस्त नेताहरुले पनि फुटबलको यो महाकुम्भमा दर्शकका रुपमा सहभागिता जनाइरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपाल भ्याएसम्म बेलुकी हुने विश्वकप छुटाउँदैनन् । स्वकीय सचिव मोहन गौतमका अनुसार, नेता नेपाल ब्राजिलका फ्यान हुन् । कार्यक्रममा व्यस्त हुँदा बाहेक समय मिलेसम्म ब्राजिलको खेल छ भने उहाँले हेर्नुहुन्छ, गौतमले भने । तर राजनीतिक कार्यक्रमले कहिले काठमाडौं, कहिले बाहिरी जिल्लाका कार्यक्रममा सहभागि हुनुपर्ने भएकाले उहाँले चाहेर पनि गेमहरु हेर्न पाउनुभएको छैन । ‘उहाँ ब्राजिलले जितोस् भन्नेमा हुनुहुन्छ’ गौतमले भने ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल समय मिलेसम्म फुटबल हेर्ने गरेको बताउँछन । उनी भन्छन,‘म त ब्राजिलको फ्यान हु ।’ उनी ब्राजिलले जित्छ भन्नेमा ढुक्क छन । वल्र्डकप शुरुभएदेखि नै उनलाई फुटवलका लागि ब्राजिल मन पर्ने देश हो । उनी भन्छन,‘ब्राजिलमा पेले छन नी त ।’ ब्राजिलले आफनो देशको खेल जीवनमा पेलेलाई पु्mटबलको राजा मान्थ्यो । पेलेका बारेमा बुझेका नेता पौडेलले ब्राजिल सपोर्ट गर्नुको खास कारण खोले, ‘ब्राजिलमा पेले छन् । त्यही भएर ब्राजिल मन पर्छ र जित्छ पनि ।’ शुरुवातको खेलमा राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिलले अन्तिम क्षणमा जित्नेमा उनी ढुक्क छन् । पौडेल भन्छन,‘वल्र्डकपको शुरुमा राम्रो खेल्न नसकेपनि अन्तिम समयमा ब्राजिलले कमाल गर्छ, हेर्दे जानुहोला ब्राजिलले जित्छ, जित्छ ।’
राजनीतिक व्यस्तताले कहिले कहाँ कहिले कहाँ पुग्नु परेकाले निरन्तर वल्र्डकप हेर्न नपाएपनि भ्याएसम्म काठमाडौ हुँदा राति १२ बजेसम्म हेर्ने गरेको उनले बताए । ‘परिवारका अन्य सदस्यसँगै बसरे हेर्छु । राति १२ बजेभन्दा पछि हुने कार्यक्रम भने शारीरिक अवस्थाले गर्दा हेर्दिन’ उनी भन्छन् ।
बिश्वकप कसले जित्ला भन्ने चौतर्फी चासोको बिषय बनिरहेका बेला नयाँ शक्ति पार्टीका नेता डा.बाबुराम भट्टराईको उत्साह सामाजिक सञ्जालमै देखिन्छ । राजनीतिक कार्यक्रमको व्यस्तता रहँदरहँदै पनि उनले भ्याएसम्म विश्वकप फुटवल हेर्न छुटाएका छैनन् । उनका स्वकीय सचिव विश्वदिप पाण्डेका अनुसार, भटराइ पनि ब्राजिलका फ्यान हुन् । उनी चाहन्छन् ब्राजिलले जितोस् तर उनको खेलाडी छुट्याउने तरिका भने फरक छ । पाण्डेका अनुसार, टीममा ब्राजिलका फ्यान उनी खेलाडी भने अर्जेन्टीनाका लियोनी मेस्सीलाई मन पराउँछन् । मेस्सीको खेल यसपटक नदेखिएको उनको बुझाई छ ।
‘ब्राजिलले नजिते एसिया, त्यसपछि अफ्रिका र अन्तिममा अन्य दक्षिण अमेरिकी राष्ट्रलाई उहाँले समर्थन गर्नुभएको छ’ पाण्डे भन्छन् ।
नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि विश्वकपमा पाँच पटक सम्म बिजेता बन्न सफल भएको टीम ब्रााजिल भएकाले यसपटक पनि जित उसकै हुने ठान्छन् । ‘म त शुरुदेखि नै ब्राजिलको फ्यान हुँ । राजनीतिक कार्यमा व्यस्त हुनुपरेकाले कहिलेकांही गेम हेर्न पाइदंैन तर समय मिलेसम्म हेर्ने गरेको छु’ उनी भन्छन् । विश्वकप फुटबल परिवारका साथ हेर्न रुचिराख्ने उनले ब्राजिलमा निखारिएका खेलाडी रहेका कारण जित उसैको हुने ठानेका हुन् । ‘यसबर्षको वल्र्डकप ब्राजिलले नै जित्छ’ उनले भने । चक्रपथ बाट










