दमक/लायन्स क्लव अफ लखनपुर हाँक्नका लागि नयाँ टिम चयन भएको छ । छोटो समयमा नै राम्रा कामहरु गरेर चर्चा कमाएको लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्व चयन भएको प्रथम उपाध्यक्ष ज्ञाननाथ पौड्यालले बताए । अध्यक्ष धर्मानन्द भट्टराइको कार्यकाल समाप्त भएसंगै नयाँ बनेको समितिको अध्यक्षमा प्रमोद दाहाल चयन भएकाछन् ।

प्रथम उपाध्यक्ष पौड्याल

प्रथम उपाध्यक्षमा लोकप्रीय युवा ब्यवसायी ज्ञाननाथ पौड्याल (ज्ञानु) दितिय उपाध्यक्ष पवन लुइटेल,तृतिय अध्यक्ष राजेन्द्र घिमिरे र सचिबमा हेमसागर अधिकारीले जिम्मेवारी पाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी सह सचिव मुकुन्द कडेल,कोषाध्यक्ष राजु खड्का, सह कोषाध्यक्ष रमेश लुइटेल, मे.चियरपर्सन धर्मानन्द भट्टराइ, एल.सि.आइ.एफ कोअर्डिनेटर रामचन्द्र मिश्र चयन भएकाछन् ।

राष्ट्रिय जनसम्पर्क अधिकारी बिमल नेपाल, जनसम्पर्क अधिकरी अन्तराष्ट्रिय राजुकमार न्यौपाने, क्लव निर्देशकमा हुकुमसिं राइ टइल ट्वीस्टर दिपक थापा रलायन ट्राइमर शशि राइले जिम्मेवारी पाएकाछन् ।