सहबान अन्सारी

नवलपरासीको सरावल गाउँपालिका वडा न.३ काे वडा कार्यालयमा महिला अधिकार तथा लैंगिक भेदभाव सम्बन्धि २ दिने तालिम आज सरावलमा सम्पन्न गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा नं.३ स्तरीय महिला संजालकाे आयोजना तथा सरावल गाउँपालिका वडा नं.३ वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । वडा नं.३ स्तरीय महिला संजालकी अध्यक्ष नन्द कुमारी चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपप्रमुख उतमा रायको प्रमुख अतिथ्यता रहेको थियो।

कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका उपप्रमुख रायले तालिम सिकाईकाे त्यो विधि हाे जसका माध्यमबाट ज्ञान,तत्परता र सीप हासिल हुन्छ । जसले गर्दा क्षमता अभिबृद्धि र ब्यवहारमा परिवर्तन ल्याउछ। अहिलेकाे समयमा महिला सशक्तीकरण हुन जरुरी छ । तालिमले ज्ञान, सिप र व्यवहार परिवर्तन गर्दैछ तसर्थ अाफुले जानेको सिकेको कुरा साथिहरुमा जानकारी गराउने र ब्यवहार परिवर्तन गर्ने भन्ने कुरामा जाेड दिनु भएको थियोे । तालिममा सरावल गाउँपालिका वडा नं. ३ काे वडा अध्यक्ष अणेन्द्र राय,गाउँपालिका सुचना अधिकारी इन्द्रकमल यादव बासमति चाैधरी ,अनिता कहार,सकुन्तला चाैधरी,सुमिन्त्रा चाैधरी,सरावल महिला सन्जाल सदस्य रेश्मा बि.क लगाएतले बाेल्नुभएकाे थियो । साे महिला अधिकार तथा लैंगिक भेदभाव सम्बन्धि २ दिने तालिममा सरावल गाउँपालिका वडा नं. ३ अन्तर्गतका ५५ जना महिलाहरुकाे सहभागीता रहेको थियो । तालिमकाे प्रशिक्षण रुपाैलिया स्वास्थ्य चाैकि ईन्चार्ज अशोक पाण्डे र लाेमा बाग्लेले गर्नु भएको थियोे ।