नेकपाका सांसद डा. सूर्य पाठकले श्रमिकको न्युनतम ज्यालामा बृद्धि गर्न शुक्रबार संसदमा जोडदार माग गरेका छन् ।
सरकारले हाल मजदुरलाई जम्मा ९ हजार ७०० रुपैयाँ मासिक ज्याला तोकेको तर नेपाल राष्ट बैंकको महंगी बृद्धिको दर हेर्दा यो ज्याला भन्दा कैयौँ गुणा बढी भएकोले यसलाई बढाएर न्युनतम पनि २५ हजार बनाउन उनले माग गरे ।
श्रममन्त्रीको विशेष ध्यानाकर्षण गराउँदै सांसद डा.पाठकले भने, देश बनाउने मजदुरले हो, युवाले हो तर पनि देशभित्र श्रम गरेर जिविका चलाउन गाह्रो भएकैले नेपाली युवाले आफ्नो यौवन र अमूल्य पसिना खाँडीमै पोखेका छन् । हाम्रो समृद्धिको अभियान सपनामात्र बन्ने खतरा हुनसक्छ, त्यसैले श्रम गर्नेको श्रमको सम्मान गर्नुस् ।
सांसद डा.पाठकले अहिलेको शिक्षा प्रणालीले मुलुकमा समाजवाद नआउने भन्दै शिक्षामा तत्कालै व्यापारीकरण रोक्न शिक्षामन्त्रीको पनि ध्यानाकर्षण गराए । सांसद डा.पाठकले हुनेखानेहरुले ठूल्ठूला र महंगा बोर्डिङ स्कुल पढ्ने र भनेजति शुल्क तिर्न नसक्ने नागरिकका छोराछोरीले सामुदायिक विद्यालयमा जानुपर्ने अवस्था रहेको र यस्ता विद्यालयको पठनपाठनमा सरकार र समाजकै ध्यान नपुग्नाले गुणस्तर प्रतिदिन खस्किएकोतर्फ सरकारको तत्कालै ध्यान जानुपर्ने बताए । दैनिक नेपाल बाट










