जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाको समर्थक पाँचथरको याङ्वरक गाउँपालिकाको साविक थर्पु – ९ मा एक युवकले आत्माहत्याको प्रयास गरेका छन्।

शुक्रबार दिउँसो करिव तीन बजे घरको तलामा रहेको आफ्नो कोठामा गई घाँटीमा डोरी लगाएर सिलिङमा झुण्डिएर रामकुमार तावाले आत्माहत्याको प्रयास गरेका हुन्। उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी वामदेव गौतमले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको सदरमुकाम फिदिमस्थित जिल्ला अस्पतालमा सामान्य उपचारपछि झापा रेफर गरिएको छ। भाइ लक्ष्मण तावाका अनुसार दाजु राम अर्जेन्टिेनी र उनी चाहीँ ब्राजिलियन टिमको समर्थक हुन्।

दाजुलाई अर्जेन्टिना हारिसक्यो, अब आज ब्राजिलले जित्छ भनेपछि दाइ घरको तलामा रहेको कोठामा पसेको र ढोका बन्द गरेको उनले बताए।

एकैछिनमा गएर ढोका खोलभन्दा नखोलिएपछि लात्ताले हानेर ढोका फोडेर भित्र जाँदा झुण्डिएको अवस्थामा भेटिएको बताए। चेत गुमेको अवस्थामा भेटिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याएको उनले बताए।–थाहाखबरबाट