परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको छ । बोर्डको बैठक लगत्तै ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ । दैनिक नेपाल बाट