विष्णुप्रसाद पोखरेल दमक/झापा दमक नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि बजेट एवं नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार १ अरब २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपियाको बजेट सार्वजनिक गरेको हो ।

दमक नगरपालिकाले शनिबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वडास्तरबाट १३ करोड बराबरका आयोजना तथा कार्यक्रमहरु प्रस्तावीत भएर आएको सो अवसरमा नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले बिपन्नत पहिचान कार्यक्रमलाइ महत्वका साथ बजेट नीति तथा कार्यक्रममा हालेको छ । विपन्न पहिचान कार्यक्रमलाइ अभियानको रुपमा अघि बढाउन १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।

यसैगरी नगरपालिकाले ‘तिमि एक्लो छैनौ’ कार्यक्रम अघि सारेको छ । अति विपन्न तथा प्रकोप वा अन्य कारणले आपतबिपतमा परेका असाहया, अपंगता भएका र अनाथहरुलाइ राहत उद्धार र ब्यवस्थापन गर्न यो कार्यक्रम ल्याइएको दमक नगर उपप्रमुख गीता अधिकारीले बताइन् ।

कृषिमा पनि उल्लेख्य बजेट रहेको छ । अग्र्यानिक खेती, कौशि खेती प्रवद्र्धनका लागि अनुदानमा आधारित कार्यक्रमहरु सार्वजनिक भएकाछन् । यान्त्रिकरण एवं कृषि औजारमा समेत अनुदानको ब्यवस्था गरिएको पाईएको छ ।