दमक/झापाको दमकमा शनिबार पुर्वका लायन्स क्लवहरुको ‘क्लव अफिसर्स स्कूलिङ’ सम्पन्न भएको छ । लायन्स क्लव 325 A1 को अयोजनामा भएको स्कुलिङमा अधिकाँश लायन्स लिडरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षको मन्तब्य दिदै डिस्ट्रिक गर्भनर लिला ढुंगेलले यो क्लवहरुका लागि महत्वपूर्ण कार्यक्रम भएको भन्दै नयाँ आउने नेतृत्वलाइ सफल बनाउनका लागि सबैलाइ सहयोग गर्न आग्रह गरे । उनले सदस्य विस्तार र नयाँ क्लव बनाउने अभियानलाइ तिब्रताका साथ अघि बढाउन पनि उनको अनुरोध रहेको थियो ।
लायन्स क्लवका नेपाल, भारत र पाकिस्तान हेर्ने प्रमुख जिएमटि लिडर खगेन्द्र सिटौलाको प्रमुख आतिथ्यको आसन ग्रहण गर्दै सेवात्मक क्षेत्रमा र सदस्य बिस्तारमा नेपालमा भइरहेको प्रगती सहनिय भएको भन्दै थप शशक्त भएर लाग्न आग्रह गरे । उनले लायन्स अभियान प्रभावकारी भइरहेको जनाएका थिए ।
नयाँ डिस्ट्रिक गर्वनर अनन्तप्रसाद भेटवालले नयाँ नेतृत्व लायन्स क्लवहरुको सारथी बनेर अघि बढ्ने जनाउदै सबै क्लव एवं क्लव सदस्यहरुलाइ हातेमालो गरेर अघि बढ्न आग्रह गरे । उनले लायन्सलाइ नयाँ उचाइमा पुर्याउन सबैको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
लायन्स लिडरहरु राजन खत्री, दीनेश पौड्याल, भीमप्रसाद घिमिरे, रेवतबहादुर कार्की, बिजय शर्मा, टंकबहादुर श्रेष्ठ, धिरज गुरुङ लगायतको उपस्थिति रहेको थियो । दमकको गोर्खा डिर्पाटमेन्ट स्टोरमा भएको कार्यक्रममा १ सय भन्दा बढि लायन्सकर्मीहरुको सहभागिता रहेको जनाईएको छ ।










