दमक/नगर बाल सञ्जाल दमकको आयोजना तथा क्यारितास नेपालको सहयोगमा बाल अधिकार तथा बालमैत्री स्थानिय शासन सम्बन्धी तालिम शुक्रबार भएको छ । कार्यक्रममा नगरका विभिन्न विद्यालय, बालक्लब तथा भुटानी शरणार्थी समुदाय समेतका गरी ६० बालबालिकाहरुको सहभागिता रहेको जनाईएको छ ।

नगर बाल सञ्जाल दमकका कोषाध्यक्ष तथा तालिमका संयोजक सन्देश बरालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बालबालिकाहरुको क्षमता विकासका लागि नगरपालिका सधै तयार रहेको बताएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालका २० वर्षमुनिका उत्कृष्ट २० युवामध्येमा पर्न सफल दमक नगर बाल सञ्जालका अध्यक्ष प्रजेश खनालले बाल अधिकार, बालमैत्री स्थानिय शासन, नेतृत्व विकास, बालबालिकाको संरक्षण लगायतका विषयहरुमा सहजीकरण गरेका थिए ।