पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । मर्निङवाक जाने भनेर शनिवार बिहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लागेको छैन ।उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको बताइएको छ । महानगरपालिकामा वरिष्ठ सामाजिक विकास अकिृत तथा सूचना अधिकारीका रूपमा कार्यरत पौडेलले आफूले प्रयोग गर्ने २ वटै मोबाइल भने घरमै छाडेका छन् । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ । पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिवार बिहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ ।

खोजी आइतबार पनि जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।स्थानीयले महेन्द्रपुलबाट सेती नदीमा हामफालेको भन्दै दिएको सूचनाको आधारमा शनिवार प्रहरीले सेती नदी वरपरसमेत खोजी गरेको थियो । बिहान साढे ५ बजे हरियो टिसर्ट लगाएको व्यक्ति सेतीमा हामफालेको देखेको र आफूले तत्कालै प्रहरीमा जानकारी गराएको स्थानीय बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले सेती वरपर रेस्क्यू टोली नै प्रयोग गरेर खोजी गरे पनि आझैसम्म केहिपनि पत्ता लगाउन सकेको छैन । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिनपनि आग्रह गरिएको छ ।