शहीद धर्मभक्त मावि,कमल ३, केरखा (झापा)को शिक्षक आवश्यकता सम्बन्धी सूचना
पहिलो पटक सूचना प्रकाशन मितिः २०७५/०३/६
यस विद्यालयमा माद्यमिक तहसम्म पूर्ण अंग्रेजी माध्यमबाट गणित, विज्ञान र कम्प्युटर विषयहरु अध्यापन गराउन सक्ने योग्य शिक्षकको आवश्यकता परेको हुँदा तपशील अनुसारको विवरणसहित योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त माग गरिन्छ ।
तपशील
क) पद — शिक्षक (करार निजी स्रोत) : १ जना
विषय : गणित/विज्ञान
शैक्षिक योग्यता :— विज्ञान समूहबाट १२ कक्षा उत्तीर्ण गरी बि.ए, बि.एड. वा सोसरह ।
ख) पद — शिक्षक (करार निजी स्रोत) : १ जना
विषय — कम्प्युटर
शैक्षिक योग्यता — सम्बन्धित विषयमा स्नातक वा सोसरह उत्तीर्ण गरी हार्डवेयर प्रोग्रामिङ्ग सम्बन्धी ज्ञान भएको साथै अफिसियल सम्पूर्ण कार्य गर्न सक्ने ।
कार्य अनुभव — कम्तीमा ५ वर्ष (कम्प्युटर शिक्षकका लागि मात्र )
उमेरको हद — ४० वर्ष ननाघेको
परीक्षाको किसिम — लिखित, मौखिक र प्रयोगात्मक
आवेदन दस्तुर — रु. १५००/ (एक हजार पाँच सयमात्र)
दरखास्त आइपुग्नु पर्ने अन्तिम मिति — २०७५ आषाढ २० गते विद्यालय समय भित्र ।
सम्पर्क मिति — २०७५ आषाढ २१ गते विद्यालय समयमा ।
परीक्षा मिति — सम्पर्क मितिमा तोकिने छ ।
आवश्यक कागजातहरु — शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु, अनुभवका प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्रका प्रतिलिपिहरु ।
तलब स्केल — विद्यालयकको नियमअनुसार
काजीमान पौड्याल प्रधानाध्यापक










