संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् । आइतबार बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मन्त्री पण्डितले जनताले प्राप्त गर्ने सेवामा कुनै अवरोध नहुने गरी कर्मचारी परिचालन गर्ने बताए ।

राज्यलाई ढाँटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति नपाउने चेतावनी मन्त्री पण्डितको थियो ।मुलुकमा राजनीतिक संक्रमण सकिएपनि राज्यले कर्मचारी संक्रमण भोगिरहनुपरेको मन्त्री पण्डितको भनाइ छ ।