नेपालगञ्ज– नेपाली सेनाका सेनानी(मेजर) लागूऔषधसहित होटलबाट पक्राउ परेका छन्। मेजर धीरेन्द्रजंग शाही र उनका सहयोगी रेमबहादुर पौडेललाई प्रहरीले ५४ ग्राम ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो।

राप्ती सोनारी गाउँपालिकाको ढकेरीस्थित ए वान होटलबाट उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगर स्थायी घर भएका उनी लागूऔषधका दुव्र्यसनीका साथै कारोबारी समेत भएको खुलेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार पक्राउ परेका शाहीले आफु सेनाको मेजर भएको बताएका छन् तर कागजपत्र पेश गरेका छैनन्। सेनाका एक उच्च अधिकारीले पक्राउ परेका शाही मेजर भएको पुष्टि गरे।

परेका दुवै जनालाई लागूऔषध मुद्दामा अदालतबाट थुनामा राख्न म्याद लिइएको प्रहरी निरीक्षक बिष्टले बताए। शाहीको लागूऔषध सेवन गर्ने बानीबारे उनका सहकर्मीहरु पहिलेदेखि नै जानकार थिए। तर, त्यसबारे समयमै छानबिन नहुँदा उनी पक्राउ परेका हुन्। हालै सेनाका अर्का एक मेजरलाई लागूऔषध मुद्दामा बर्खास्त गरिएको थियो।नेपाललाइभबाट साभार