ट्रिपरको ठक्करबाट झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । अर्का एकजना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–३ फेदीमा इलामबाट झापातर्फ आउँदै गरेको मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको बा १ प ६५८१ नम्बरको ट्रिपरले आइतबार दिउँसो २ बजे ठक्कर दिएको हो ।

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक झापा बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण खतिवडाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने २५ वर्षका साहिर शेर्मा लिम्बू घाइते भइ बिर्तामोडको बी एण्ड सी हस्पिटलमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्रिपर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र ट्रिपरलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ । नयाँ पत्रीका बाट साभार