विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकले जारी चैतको अन्तिममा जारी गरेको ‘दमक नगरपालिका शिक्षा नियमावली २०७४’ मा नीजि बिद्यालयहरुको ब्यवस्थापन समिति रहने ब्याक्तिहरुको बिषयले अहिले दमकमा चर्चा पाएको छ । संस्थागत बिद्यालयको सञ्चालन रेखदेख र व्यवस्थापन गर्नका लागि बनाइने ब्यवस्थापन समितिमा जनप्रतिनिधि, शिक्षा अधिकृत र श्रोत ब्याक्ति समेत रहने ब्यवस्था गरिएको छ ।

यो राजपत्रमा जारी भइसकेकाले कार्यन्वयन समेत भइसकेको बताइन्छ । बिद्यालयका संस्थापक वा लगानीकर्तामध्ये बिद्यालयको सिफारिसमा नगर शिक्षा अधिकृतले मनोनित गरेका एक जना अध्यक्ष हुने र बिद्यालय प्रधानअध्यापक सदस्य सचिव रहने बिद्यालय ब्यवस्थापनको सदस्यमा स्वयं नगर शिक्षा अधिकृत र श्रोत ब्यक्ति समेत सदस्य रहने प्रावधानले अहिले चर्चा पाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा समितिले तोकेको एक जना निर्वाचित वडासदस्य पनि सदस्य रहने ब्यवस्था शिक्षा नियमवलीमा गरिएको छ । अभिभावकहरु मध्येबाट कम्तिमा एक महिला पनि गरी बिद्यालय ब्यवस्थापन समितिले मनोनित गरेका दूइजना ब्याक्ति, बिद्यालयका शिक्षकहरुले आफु मध्येबाट छानी पठाएको एक जना र स्थानीय शिक्षाविद मध्ये प्रधानध्यापकको सिफारीसमा बिद्यालय ब्यवस्थापन समितिले मनोनित गरेका एक ब्याक्ति सदस्य गरेर यसको समितिको पुर्णता दिने उल्लेख छ ।

नगरमा ५ दर्जनभन्दा बढि नीजि बिद्यालयहरु रहेको र प्रत्येक २ महिनामा एकपटक अनिवार्य बैठक राख्नु पर्ने प्रावधान शिक्षा नियामवलीमा रहेकाले शिक्षा अधिकृत र श्रोत ब्याक्ति नै निरन्तर बैठकमा जाँदा नगरको शिक्षा शाखाको काम कस्ले गर्ने भन्ने विषयले नगरपालिकाका जनप्रतिनिधिहरुले नै प्रश्न उठाउन थालेकाछन् । यो राम्रो नभएको भन्दै सच्याउन समेत माग उठ्दै आएको छ ।

एउटा नीजि बिद्यालयको ब्यवस्थापन समितिको सदस्य हुनका लागि शिक्षा अधिकृत र श्रोत व्याक्तिले नै मन गर्नुको पछाडि आर्थिक कारण भएको एक नीजि बिद्यालय सञ्चालकले बताउनु भएको छ । उहाँका अनुसार एउटा बैठक बराबरमा २ देखि ३ हजार रुपिया पाउने सोचका साथ आएको र आफुहरुले बोल्दा बिद्यालयको स्तरउन्नती रोकिने भएकाले बोल्न नसकिएको हो ।

एउटा बैठकको न्युनतम भत्ता २ हजारमान्दा मात्रै पनि दमकमा ५९ वटा नीजि बिद्यालयहरु रहेको र बर्षमा ६ वटा बैठक हुँदा ७ लाखभन्दा बढि बैठक भत्ता आम्दानी हुने भएकाले स्वयं शिक्षा अधिकृत र श्रोत व्याक्ति ब्यवस्थापन समितिमा आउन खोजेको भन्दै यसको चौतर्फी बिरोध भइरहेको बताइन्छ । यद्यपि नयाँ शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति बन्न सकेको छैन ।

शिक्षा अधिकृत शालिकराम काफ्लेले  गलत आशयले नियतले नभइ नीजि बिद्यालयको मनोमानी रोक्न यस्तो ब्यवस्था गरेको बताए । उनले यसको बिरोध भएको स्वीकार गर्दै नबुझेर बिरोध भएको जनाए । उनले यस विषयमा छलफल भइरहेको पनि बताए ।

प्याप्सन झापाका नेता श्रवण पोखरेलले शिक्षा समितिको सदस्य सचिव शिक्षा अधिकृत रहने तथा अध्यक्ष समेत शिक्षा समितिले नै तोक्ने शिक्षा नियमावलीमा रहेको बताउदै आफ्नै शिक्षा अधिकृत, श्रोत ब्याक्ति यसरी सदस्य बस्नु आफूहरुलाइ पनि अनौठो लागेको बताए ।

दमकमा शिक्षासेवी एवं सामाजिक अगुवा तिर्थराज बस्नेतले शिक्षा नियमावली जनप्रतिनिधि, शिक्षा अधिकृत,श्रोत ब्याक्ति एवं नगरको शिक्षा शाखा मैत्री भएको बताए । उनले बिद्यालय, बिद्यार्थी, अभिभावक मैत्री नभएको उनको भनाइ इंकित रहेको थियो ।