काठमाडौं । काठमाडौंबासीले यही असारदेखि नै बागमतीको पानी उपभोग गर्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजना २ ले उपत्यकामा विस्तार गरिरहेको खानेपानी पाइपलाइनबाटै उपत्यकाबासीलाई खानेपानी खुवाउन लागिएको हो ।

तर यो मेलम्चीको नभई बागमतीको पानी हो । सोमबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खानेपानीमन्त्री विना मगरले उपत्यकाबासीलाई बागमतीको पानी उपलब्ध गराउन लागिएको बताइन् भनेर आजको नेपाल समाचारपत्रमा खबर छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड