भद्रपुर । बिर्तामोडका होटल तथा लजहरुमा यौनधन्दा फस्टाएको भन्दै झापा प्रहरीले त्यसता अनैतिक क्रियाकलाप रोकथामका लागि विशेष अभियान सुरु गरेको छ। होटल तथा लजहरुका सञ्चालकहरुले युवती तथा महिला राखेर यौनधन्दा चलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले सोमबार बेलुका दुई वटा होटलमा छापा मारेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ स्थित युनिक होटल एण्ड लज र सोही ठाँउका भ्यू पोईन्ट होटल एण्ड लजमा छापा मारेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार दुई वटा होटलबाट छ महिलासहित नौ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएका युनिक होटल एण्ड लज सञ्चालक सहित ४ जना रहेका छन्। त्यस्तैभ्यू पोईन्ट होटल एण्ड लजबाट ५ जना रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। टाइम्स अफ प्रदेश बाट साभार गरिएको










