सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउपालिकामा सशस्त्र प्रहरी द्वारा गाँजा नष्ट गरिएको छ । लागुअौषध दुरुपयोग एवं अोसारपसार विरूद्द अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिभिन्न कार्यक्रम मनाउने सन्दर्भमा सरसफाइ , जनचेतनामूलक तालिम गरि विभिन्न कार्यक्रम असार १२ गते सम्म मनाउने गरिन्छ त्यस्तै गरि आज प्रतापपुर गाऊपालिका वडा नं ६ कठहवा स्थित दशगजामा उम्रेको गाजा नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठीपरसौनी, प्रहरी चौकी गुठी परसौनी, सिमा सुरक्षा बल (एस.एस.बी.)झुलनीपुर र स्थानियहरुको संयुक्तरुपमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।










