झापा । झापा र उदयपुर गरी दुई जिल्ला पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका ७ सिंहहाङगेस्थित पैनीमा डुबेर सोही ठाउँका १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकैको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका २ बस्ने डम्बर बहादुर विश्वकर्माको छोरा गणेश विश्वकर्माको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथीहरुसँग पौडी खेल्न गएका गणेशलाई पानीमा डुबेपछि बाहिर निकालेर उपचारका लागी लाईफलाईन अस्पताल दमक लगिएको थियो। बालकको सोही अस्पतालमा सोमबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यसैगरी उदयपुरको कटारी नगरपालिका ६ आँपटार बस्ने गणेश विश्वकर्माको छोरा अन्दाजी १४ वर्षीय डिके विश्वकर्माको पानीमा डुबेर मृत्यु भएको छ ।खोलामा नुहाउने क्रममा बालकको सोमबार दिउँसो डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।