ललितपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा संयन्त्रमै सुधार आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस पारेर मंगलबार (आज) आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।
गृहमन्त्री थापाले भने, “प्रहरीले लागुऔषध कारोबारीलाई समात्न सकुन्, कानुनको दायरममा ल्याउन सकुन् । त्यसकारण पनि सुरक्षा निकायमै सुधार आवश्यक छ ।” उनले जनप्रतिधी र कर्मचारीतन्त्रमा पनि आमूल परिवर्तनको सोच आवश्यक रहेको बताए ।
लागुऔषध निशेध अभियानमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । थापाले लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई संयुक्त रुपमा अगाडि बढाइने बताए । लागुऔषध र मदिराका कारण धरेलु हिसांमा वृद्धि भएको उनको दाबी छ । उनले भने, “‘हरेक वडा तहबाट युवाहरुलाई परिचान गर्नुपर्छ । विद्यार्थी, अभिभावक, गृह मन्त्रालय सबै मिलेर लागुऔषध निषेध र मदिरा नियन्त्रण गर्नुपर्छ ।” यसका लागि गृह मन्त्रालयले योजना तयार पारेको मन्त्री थापाले बताए ।










